हवाना, गएका करिब ५४ वर्षदेखि अवरुद्ध भएको संयुक्त राज्य अमेरिका र क्युवा बीचको कूटनीतिक सम्बन्धको शुक्रबार पुनःस्थापना भएको छ ।
यससँगै क्युवाको राजधानी हवानामा अमेरिकी झण्डा पनि फहराएको समाचारमा जनाइएको छ । क्युवामा हालैमात्र अमेरिकी दूतावास पुनः खोलिएको छ ।
यससँगै संयुक्त राज्य अमेरिका र क्युवाको नयाँ सम्बन्ध विस्तारको प्रक्रिया सुरु भएको पनि हवानाबाट प्राप्त समाचारमा जनाइएको छ ।
नयाँ राजदूतावासको झण्डोत्तलन शुक्रबारै भएको छ । सो विशेष कार्यक्रमको अध्यक्षता अमेरिकी विदेशमन्त्री जोन केरीले गर्नुभएको थियो ।
सो झण्डोत्तलनका लागि विदेशमन्त्री केरी शुक्रबारै हवाना जानुभएको समाचारमा जनाइएको छ । यस घटनालाई यी दुई देशबीचको सम्बन्ध पुनःस्थापनाको एक कडीका रुपमा पनि लिइएको छ ।
यी दुई देशबीच सन् १९६१ को जनवरी ३ देखि सम्बन्धमा दरार उत्पन्न भएको छ । शीतयुद्वका कारण छुट्टिएका यी दुई देशको सम्बन्धमा यस पटक पुनःस्थापना गर्ने प्रयत्न भएको हो ।
सन् १९४५ पछि यो पहिलो पटक अमेरिकी विदेशमन्त्रीका हैसियतमा विदेशमन्त्री केरीले क्युवाको भ्रमण गरेका हुन् । उनको सो भ्रमणका क्रममा क्युवा सरकारले विशेष सम्मान प्रदान गर्ने बताइएको छ ।
त्यस समारोहपछि उनले क्युबाका उच्चपदस्थ सरकारी अधिकारीसँग भेटवार्ता गर्नुहुने बताइएको छ । साथै उनले हवानाको क्याथोलिक चर्चका प्रमुखसँग पनि भेटवार्ता गर्ने छन्
सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, यहाँ डराउनुपर्ने वा रिस गर्नुपर्ने कुरा केही पनि छैन, हामीले हाम्रा दुवै देशका जनतालाई एक आपसमा बुझ्न दिउँ यसले हामी दुवैलाई उपलब्धि नै दिनेछ ।
हामी अमेरिकी र क्युबालीहरु इतिकासकै बन्दी होइनौँ, हाम्रा राष्ट्रपतिहरु बाराक ओबामा र राउद क्यास्त्रोले ऐतिहासिक निर्णय गरेका छन् र यसलाई अब हामी सबै मिलेर सुदृढ बनाउनुपर्ने अवस्था छ ।








