यसरी भयो रामजीको हत्या (भिडियो सहित्)

ramji-badal1पोखरा, नेपाली काँग्रेस लेखनाथका नेता रामजी पौडेल (बादल) को हत्या भएको छ । पार्टीको १३ औँ माहाधिवेशन नजिकिदै गर्दा भएको यस घटनालाई राजनीतिक षड्यन्त्रका कारण हत्या भएको आशंका गरिएको छ ।

पार्टीको महाधिवेशनको विषयमा केही विवाद भएको र सोही कारण बादलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।राजनीतिमा निश्कलङ्क छवि भएका बादल ५२ वर्षका थिए । उनकी पत्नी चन्द्रावती पौडेल गोगन उच्च माविमा पढाउँछिन् ।

बादल राजनितिमा देउवा निकट मानिन्छन् । उनलाई संस्थापन पक्षको षड्यन्त्रका कारण हत्या भएको हुन सक्ने बताइएको छ ।

नेपाली काँग्रेसको अधिवेशन नजिकिइरहेको बेला पार्टीका स्थानीयस्तरका कार्यकर्ता जम्मा भएर छलफल र कार्यक्रम गर्ने बेलामा बुधबार तालचोकमा भनाभन भएको र त्यसैको निहुँमा हत्या भएको काग्रेस कार्यकताले बताएका छन् ।

प्रहरीले शंकाष्पद ब्यक्तिको खोजी गरिरहेको जनाएको छ । नेपाली काँग्रेस लेखनाथ नगर समिति सभापति राजेन्द्रमणि लामिछानेले भने, अस्ति बेलुका एउटा कार्यक्रम गर्ने बेलामा सामान्य विवाद भएको थियो, हिजो दिउँसो विवाद मिलाउने भनेको सकिएन, राति त त्यस्तो घटना भएछ ।’

mirtak

उनको लेखनाथकै तरुण दलका कार्यकर्ताले उनको हत्या गरेको खुलासा भएको छ । हत्यामा संलग्न स्थानिय तरुण दलका कार्यकर्ता राजु रानाभाट प्रहरीले पक्राउ गरेको छ भने हत्यामा संलग्न तरुण दलकै अन्य तीन जना कार्यकर्ता भने फरार रहेको प्रहरी उपरिक्षक हरि बहादुर पालले जानकारी दिए । प्रहरीले शवको मुचुल्का तयार गरिरहेको छ भने अनुसन्धान प्रक्रिया पनि अघि बढेको जनाएको छ ।

pokhara

यसैबीच, स्थानीयले पौडेलको हत्याको विरोधमा पृथ्वी राजमार्ग अबरुद्ध गरेका छन् । बाटो अवरुद्ध हुँदा यात्रुहरुहरू अलपत्र परेका छन् ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले ठाउँठाउँमा टायर बालेर नाराबाजी गरेका छन् ।

पोखराबाट समाचारपाटीको सहयोगमा

सम्बन्धित शिर्षकहरु