उत्कृष्ट तीनमा रोनाल्डो, मेसी र स्वारेज

बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसी र लुइस स्वारेज र रियल म्याड्रिडका अर्का स्टार क्रिस्टियानो रोनाल्डो युरोपको उत्कृष्ट खेलाडी अवार्डको मनोनयनमा परेका छन ।

युरोपियन फुटवलको सर्वोच्च निकाय युइएफएले सार्वजनिक गरेको अन्तिम तीनको मनोनयनमा रोनाल्डो, मेसी र स्वारेज पर्न सफल भएका हुन् ।

युइएफएमा आवद्ध ५४ राष्ट्रका पत्रकारहरुको मतका आधारमा अन्तिम तीनको सुची सार्वजनिक गरिएको हो । रोनाल्डो गत बर्षका विजेता हुन भने मेसीले सन २०११ मा यो अवार्ड जितेका थिए । बार्सिलोनाले गत सिजन तीन वटै उपाधी ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिगको उपाधी जित्दा मेसीले प्रुमख भुमिका निर्वाह गरेका थिए ।

त्यस्तै ला लिगामा २ सय ५१ गोल गर्दै मेसीले टेल्मो जाराको किर्तिमान तोडेका थिए । गत सिजन ला लिगामा ४८ गोल गरेका रोनाल्डोले च्याम्पियन्स लिगमा मेसी संगै ७७ गोल गरेका थिए । स्वारेज इङ्ल्याण्ड बाट स्पेन गएको पहिलो बर्षमानै युरोपको उत्कृष्ट खेलाडीको अवार्डमा परेका हुन् । पत्रकारहरुको मतमा युभेन्टसका गोल रक्षक बुफन चौथो र बार्सिलोनाकै नेइमार पाँचौँ स्थानमा रहे । प्रिमियर लिग क्लब चेल्सिका इडेनज हर्जाडले छैटौ स्थान हात पारे ।

अगस्ट २७ मा च्याम्पियन्स लिगको समुह चरणको ड्र सार्वजनिक गर्ने कार्यक्रममा बिजेता घोषणा गरिनेछ ।

सम्बन्धित शिर्षकहरु