भदौ दोस्रो सातासम्ममा संविधान जारी हुन्छः नेपाल

madhav kumar nepal makunee_20140401082943साउन २८। विराटनगर, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भदौको दोस्रो सातासम्ममा मुलुकले संविधान पाउने विश्वास व्यक्त गरेका छन्।

विराटनगरस्थित एमाले पार्टी कार्यालयमा बिहीबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले नेपालीबीचको सम्बन्धलाई बलियो बनाउन र विकासको गतिलाई तीव्र बनाउनका लागि अब जारी हुने संविधानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले भने–“सङ्घीय राज्यको सीमाङ्कनको विषयमा आन्दोलन गरेर होइन कि संयमित भएर शान्तिपूर्ण वार्ताद्वारा समस्या समाधान गर्न म आन्दोलनकारी समूहलाई आह्वान गर्छु, अधिकारको कुरा धेरै भयो, अब सबै कर्तव्यको भूमिका निर्वाह गर्नुपर्छ ।”

उनले संविधानमा मधेसी, दलित, सीमान्तकृत वर्ग, महिलालगायत सबैको अधिकार क्षेत्रलाई सुनिश्चित गरिएको बताए । उनले संविधान जारी भएपछि लगत्तै स्थानीय निकायको निर्वाचनसमेत हुने भएकाले कार्यकर्तालाई सङ्गठनलाई बलियो बनाउनका लागि अग्रसर हुन निर्देशन दिए ।

सो अवसरमा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले सामाजिक सद्भाव बिथोलिने कार्य कतैबाट हुन नहुने बताए ।

सम्बन्धित शिर्षकहरु