गौशाला, बोलबम यात्री सवार ज१ख ५२९ नंको बस सोमबार साँझ बर्दिवास–५ स्थित भोगटे पुलमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।
एक महिला र पाँच पुरुषको बर्दिबासस्थित जनसेवा र होप अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए। मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी ३० घाइते भएका छन् ।
घाइतेमध्ये चारको अवस्था गम्भीर छ । उनीहरुको बर्दिबासस्थित होप, जनसेवा र बर्दिबास अस्पतालमा उपचार भइरहेको छ । बस अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान छ । उनीहरु सिन्धुलीस्थित लङ्गुरखोलामा रहेको महादेवको दर्शन गरी महोत्तरी फर्कँदै थिए ।








