अष्ट्रेलिया, गएको वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त बनेका संरचनाहरू पुनर्निर्माण लागि देश विदेशबाट सहयोग आउने क्रम जारी छ । यसैक्रममा नेपालमा १० वटा घर निर्माणका लागि अष्ट्रेलियाका गभिन मक्रोमकले च्यारिटी दौड गरेका छन् । अष्ट्रेलियाको सिड्नीमा आइतबार आयोजना गरिएको ‘सिटी टू सर्फ’ दौडमा उनी च्यारिटीका लागि सहभागी भएका हुन् । पेशाले उनी मन्टेश्वरी शिक्षक हुन् । उनले ६३ मिनेटमा उक्त दौड पूरा गरेका थिए । विभिन्न सहयोगका लागि च्यारिटी दौड गर्ने उनी यसपटक भने नेपालका भूकम्प पीडितहरूको सहयोगका लागि जुटेका छन् ।
अष्ट्रेलियन अनलाइन पोर्टल सिड्नी मर्निङ हेराल्डले गभिनलाई उद्धृत गर्दै लेखेको छ । ‘म दौडिरहँदा मेरो स्कूलका स–साना बच्चाहरू मलाई हौसला दिइरहेका थिए, यसबाट म साँच्चै उत्साहित भएको छु ।’
८० हजार मानिस सहभागि उ
क्त दौडमा अष्ट्रेलियन प्रधानमन्त्री टोनी एवट पनि सहभागि थिए । एवटले ८० मिनेटमा उक्त उक्त हाल्फ म्याराथुन दौड पूरा गरेका थिए ।
दौडमा अष्ट्रेलियाका २६ वर्षे धावक ब्राड मिलोसेभिकले प्रथम स्थान हासिल गरे । उनले ४२ मिनेट १५ सेकेन्डमा दौड पूरा गरे । उनले सन् २०१४ मा पनि हाल्फ म्याराथुन धावकको उपाधि चुमेका थिए ।
यसैगरी तास्मानियाका स्टेवर्ट म्याक्सेवन द्वितिय र न्यूसाउथवेल्सका बेन मोरिउले तृतिय स्थान हात पारे । उनीहरूले क्रमशः ४२ः २४ र ४२ः ४४ सेकेण्डमा उक्त दौड पुरा गरेका हुन् ।
नेपाली सहभागीहरू उत्साहित
विभिन्न देशबाट मानिसहरू दौडमा सहभागी भएका थिए । दौडमा नेपाली समुदायबाट पनि मानिसहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सहभागी होम पाण्डेले असनेपालन्यूजलाई जानकारी दिए ।
दौडमा नेपाली समुदायबाट पनि लउल्लेख्य सहभागिता रहेको थियो,’ उनले भने,’ ‘हाइड पार्क देखि बोन्डीबीच सम्म मानिसहरूको जनसागर देख्दा म उत्साहित भएँ ।’ कार्यक्रम प्रतियोगितात्मक भए पनि
अप्रतियोगीहरू पनि उल्लेख्य मात्रामा सहभागि भएका थिए ।
नेपाली समुदायका तर्फ बाट केश
व सापकोटा , रमेश पाण्डे , होम पाण्डे ,सन्जीव पाण्डे लगायत एक दर्जन भन्दा बढीले सहभागीता जनाएका थिए । ‘करिव एक लाख मानिस
सँगै एउटा असल कारण को लागि दौडिंदा निकै खुसी लाग्यो ‘ सहभागी मध्येका होम पाण्डे असनेपालन्युजलाई बताउनु हुन्छ । जीत र हार भन्दा पनि स्वास्थ्य , नेपालको पहिचान र आत्मा सन्तुस्टी आफ्नो सहभागीताको कारण बनेको केशव सापकोटा असनेपालन्युजलाई बताउनुहुन्छ । आफु हरेक वर्ष सहभागी हुने र यसले दौडमार्फत नेपाली पहिचान समेत बनाएको सन्जीव पाण्डे र रमेश पाण्डेको प्रतिकृया रह्यो ।







