सिड्नी, अष्ट्रेलियाको सिड्नीमा नेपाली समूदायले कलेज स्थापना गरेका छन् । व्यवसायिक दुनियाँमा सफल देखिएको पाँच नेपालीले सिड्नी मेट्रो कलेजको स्थापना गरेका हुन् । यसअघि नेपाली समूदायहरूले कलेज क्षेत्रमा हात हालेको भएपनि लगानी बढाएका भए पनि अब आफुहरूले थप प्रभावकारी तवरले यसलाई अगाडि बढाउने लक्ष्य लिएको संचालकहरूको भनाइ छ । कलेज खोले लगत्तै असनेपालन्युज सँगको कुराकानीमा सञ्चालकमध्ये एक शिव श्रेष्ठले नेपाली समूदायको पहलमा खोलिएको
सिड्नी मेट्रो नमुना कलेज बनाउन लागि परेको बताए । ‘यसले नेपाली समूदायका अतिरिक्त त्यहाँका डोमेस्टिक विद्यार्थीहरूको नयाँ गन्तव्य बन्ने छ’ उनले भने ‘हामी पर्याप्त आधार तयार पार्दैछौँ ।’ कलेजको उद्घाटन नेपालबाट गएका अभिभावकहरूले उदघाटन गरेका थिए।

उनका अनुसार कलेजको सम्वन्धन लगायतका औपचारिक कामहरू सकिएकाले कलेज अब छिट्टै सन्चालनमा आउने छ ।
कलेज सिड्नीको केन्द्रमै पर्ने म्युजियम स्टेशन नजिक रहेको कलेज विद्यार्थीलाई पायक पर्ने ठाउँमा रहेको छ । कलेजमा बिजनेस लगायतका विषयको एड्भान्स डिप्लोमा र निकट भविष्यमा व्याचलर आइटी लगायतका विषय पठनपाठन हुने पनि उनले जानकारी दिए ।








