एका विहानै भूकम्प, मानिसहरू त्रस्त

साउन २५ । काठमाडौँ, गोरखा केन्द्रविन्दू गरी गएको भूकम्पको तीन महिना वितिसक्दा पनि भूकम्पका ससाान धक्का जान कम भएको छैन । सोमबार विहानै पनि गोरखा आसपासका जिल्लामा कठा धक्का महसुस गरिएको छ । उठ्ने तरखर गरिरहेका मानिसहरू भूकम्पको धक्काबाट त्रसित बनेका थिए ।

earthquake today

सोमबार विहान ४ः१५ बजे गोरखा केन्द्रविन्दू बनाई ४.९ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको केन्द्र गोरखा परेकाले आसपासका क्षेत्रमा ठूलो धक्का महसुस गरिएको बताइएको छ । आइतबारपनि सिन्धुपाल्चोक केन्द्रविन्दू बनाई ४.१ म्याग्निच्यूटको परकम्प गएको थियो ।

सम्बन्धित शिर्षकहरु