भीमदत्तनगर, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चार दलबीच भएको सोह्रबुँदे सहमति बाह्य शक्तिको इच्छाअनुसार नहुँदा संविधान निर्माणमा समस्या देखिएको टिप्पणी गरेका छन।
प्रगतिशील पत्रकार सुदूरपश्चिम क्षेत्रीय सङ्घले भीमदत्तनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले छिमेकी मुलुकले मधेसवादी दललाई प्रयोग गरेर कुनै पनि हातलमा तराई क्षेत्रलाई हिमाल, पहाडसँग जोड्न नदिने रणनीति अघि बढाएको आरोप लगाए ।
आफ्नो पार्टी सङ्घीयताको विपक्षमा भए पनि लोकतान्त्रिक संविधान जारी हुने बेला सङ्घीयतालाई लिएर अवरोध नगर्ने उनको भनाइृ थियो ।








