नेपाली गीत संगितको बजार फराकिलो बन्दैछ । यसकारण कि यहाँ नयाँ नयाँ कलाकारहरूको आगमन हुने क्रम नै जारी छ । उसो त हात हातमा मोवाइल र अन्य ग्याजेट्स मार्फत मानिसहरू संगितमा जोडिएकै छन् । अझै सजिलो बनाइदिएको छ, सामाजिम सञ्जालले । युट्युवले एडसेन्स मार्फत कलाकारहरूलाई केही राहत दिन थालेपछि युट्युव च्यानलमा जोडिनेहरूको पनि संख्या उत्तिकै बढिरहेको छ । यसै क्रममा बिराट कडरियाले ‘मान्छे त राम्री रहिछ्यौ’ बोलको गीतको म्यूजिक भिडियो तयार पारेका छन् ।
गीतको शब्द संगित पनि विराट कडरियाकै रहेको छ भने गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन् । द रेवल क्रियसनको प्रस्तुती रहेको गीतको उत्कृष्ट म्यूजिक भिडियो तयार पारिएको छ । झरी एल्वममा समावेस उक्त गीतले अहिले राम्रै चर्चा बटुलिइरहेको छ ।
म्यूजिक भिडियोमा किशोर र बुनु सुवेदीको रोमान्स देख्न सकिन्छ । कलात्मक फिचरिङ गरिएको म्यूजिक भिडियोलाई अनिल मानन्धरले छायांकन गरेका हुन् । जीवन चौलागाईंका निर्देशनमा तयार पारेको म्यूजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन् ।







