राजेन्द्र क्षत्री कामू प्रधानसेनापति

rajendraसाउन २२ ।काठमाडौँ,  सरकारले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गरेको छ । शुक्रबार विहान बसेको मन्त्रिपरिषद बैठकले क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापति बनाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

हालका प्रधानसेनापति गौरव शमसेर राणाको पदावधि आगामी भदौ २३ गते सकिँदै छ । एक महिना अघि नै विदा बस्ने प्रचलन अनुसार राणा विदा बसेपछि क्षेत्रीले कायम मुकायमको जिम्मेवारी सम्हाल्ने छन् । भदौ २३ गतेदेखि उनले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।

नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामवरण यादवले सरकारको सिफारिसमा कामु प्रधानसेनापति र प्रधानसेनापति नियुक्त गर्ने छन् ।

सम्बन्धित शिर्षकहरु