अष्ट्रेलिया, करिव ७० हजार भन्दा बढी नेपाली र ५ हजार भन्दा बढी गैर आवसिय नेपाली संघ ( एन आर एन )को सदस्य भएको अस्ट्रेलियामा हाल सम्म
जम्मा 177 ले मात्र एन आर एन कार्ड लिएका छ्न्। । अस्ट्रेलियाका लागि नेपालीइ राजदूत रुद्र कुमार नेपालले असनेपालन्युज समाचार लाई जानकारी दिनुभए अनुसार दिएको जानकारी अनुसार अहिले सम्म एक सय ७७ ले मात्रै कार्ड बुझेका हुन् । अस्ट्रेलियाको नागरिकता खुलेर लिएका र एनआरएन मुभमेन्टमा लागेका थुप्रै व्यक्तिहरूले ‘एनआरएन कार्ड ‘ बनाएका छैनन् ।
पटक–पटक नेपाल आवत जावत गर्नेहरूलाई बाहेक अन्य मानिसहरूलाई परिचय पत्रको त्यती जरूरत नपर्ने हुँदा कार्ड बनाउन आनाकानी गरेका हुँन सक्ने दूतावासले जानकारी दिएको छ ।
एनआरएन परिचयपत्र बनाउँदा भिसामा झञ्झट हुँदैन । साथै परिचयपत्र बनाउन पाँच सय ७७ डलर खर्च हुने पनि दूतावासले जानकारी दिएको छ । त्यसका लागि दूतावासको एउटा आवेदन फर्म भर्नु पर्ने हुन्छ भने पीआर लगायतका कागजात आवश्यक पर्ने पनि दूतावासले जानकारी दिएको छ ।अस्ट्रेलियाको नागरिकता लिने तर आफ्नो यो जान
कारी वाहिर नल्याउन चाहनेहरूका कारण पनि एन आर एन कार्ड त्यति धेरै लोकप्रिय हुन नसकेको बताइएको छ ।
एन अार कार्ड लिए पछी नेपाल जान आउन एन आर एन लाई १० वर्ष सम्मको भिषा लगाउनु पर्ने भएकाले आफुहरूले कार्ड लिन सबैलाई प्रोत्साहन गरेको एन आर एन आइ सि सि का प्रवक्त्ता मन के सि बताउनु हुन्छ । यस वारेमा दुतावासले केही वर्ष अघि सचेतता कार्यक्रम समेत सन्चालन गरेको थियो ।







