सीमांकन सहितको संविधान साउन मसान्त भित्रै आउँछः भट्टराई

baburamसाउन १८ । काठमाडौ,  संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले आगामि साउन मसान्त भित्रै सीमांकनसहितको संविधान जारी गर्ने गरी दलहरूवीच सहमति भईसकेको बताएका छन ।

नयाँ बन्ने संविधानमा पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित हुनु पर्ने माग गर्दै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापन पत्र बुझ्दै भट्टराईले चार दलका शिर्ष नेताहरूवीच सीमांकनसहितको संविधान जारी गर्ने विषयमा सहमति भईसकेको भन्दै आज भोलीमा शिर्ष तहमा सहमति भएर साझा दस्तावेज संविधानसभामा लिएर जाने बताए ।
उनले चार दलका शिर्ष नेताहरूले ९० प्रतिशत जनमतको प्रतिनिधित्व गर्ने भएकोले उनीहरूवीच सहमति भएर आउँदा सहमतिलाई अघि बढाउन सजिलो हुने भन्दै शिर्ष नेताहरूको बैठकमा छलफल भईरहेको र सीमांकन सहितको संविधान जारी गर्न सकारात्मक रूपमा अघि बढीरहेको जानकारी दिए ।

संबाद समितिको बैठक बाहिर आए जस्तो अनिश्चित रूपमा स्थागित नभएको स्पष्ट पार्दै उनले भने–सहमतिको लागि नेताहरू बसेर छलफल गर्दा निष्कर्समा पुग्न सजिलो होस भनेर बैठक नराखिएको हो । यसलाई अनिश्चित कालिन रूपमा स्थगित भयो भन्नु गलत हो । कित बैठक सुरू भएको र समाप्त भएको बेलामा तपाईहरूलाई राख्नु पर्यो होईन भने बाहिर तपाईहरूले बैठक अनिश्चित रूपमा स्थगित भयो भन्दा म पनि अचम्मित भएको छु । अहिले शिर्ष नेताहरू सम्मिलित समिति ब्यापक र घनिभुत रूपमा छलफल भईरहेको छ । नेताहरू सहमतिको निकट पुगिसकेका छन अब तपाईहरू बाहिर अन्यौल छ भन्नु हुन्छ । त्यस्तो केही छैन । अब छिट्टै संविधान जारी हुन्छ ।

भट्टराईले ९० प्रतिशत सभासदहरूको समर्थन प्राप्त गरिसकेका दलहरूले गरेको निर्णयलाई फेरि छलफलमा ल्याउनु भनेको कुरा बल्झिनु भएकोले शिर्ष नेताहरू बसेर दुई तीन दिनमा सहमति गर्दा संविधान छिटो आउने भएकोले नेताहरूको तहमा प्रयास गरिएको बताए ।

उनले चार दलवीच भएको १६ बुँदे सहमतिको स्प्रिटमै आफूहरू अघि बढी रहेको स्पष्ट पार्दै जनताले छिटो संविधान चाहेकोले साउन मसान्त भन्दा पहिलानै संविधान जारी गर्ने प्रयासमा आफूहरू रहेको बताए ।
संविधान निर्माण गर्नु पर्ने बेलामा शिर्ष नेताहरूको भारत भ्रमणलाई लिएर गरिएको प्रश्नमा उनले भने –संविधान नेपालीले नेपालमै बनाउने हो । भारतको सद्भाव र र सहयोग हुनु आफ्नो ठाँउमा छ । नेताहरू भारत जानु र आउनुले केही असर पार्दैन ।

अब बन्ने संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिने स्पष्ट पार्दै भट्टराईले भने–ऋषि धमलाजी ढुक्क हुनुस । अब बन्ने संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिन्छ ।

सो क्रममा धमलाले नयाँ संविधानमा प्रेसलाई कुण्ठित गर्ने कुनै पनि प्रावधान नराखी पूर्ण प्रेस स्वतन्त्रताको अभ्यास गर्ने बातावरण निर्माणको लागि आग्रह गरे ।

सम्बन्धित शिर्षकहरु