साउन १६ । काठमाडौँ, वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले संविधान निर्माणको काम तीव्र गतिले भइरहेकाले यही साउन मसान्तसम्म संविधान जारी हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रारम्भिक मस्यौदामा प्राप्त जनताका सुझावलाई छलफल गरी मस्यौदामा समेट्ने उद्देश्यले गहन रुपमा छलफल भइरहेकाले निर्धारित मितिमै संविधान जारी हुने विश्वास व्यक्त गरे ।
“सबै दललाई सम्बोधन हुने गरी सीमाङ्कनसहित संविधान जारी गर्न प्रयास भइरहेको र सो विषयमा असन्तुष्ट दलसँग वार्ताका लागि प्रधानमन्त्रीसहित चार दलका नेता प्रयत्नशील हुनुहुन्छ’–उनले भने ।








