कास्कीमा भीषण पहिरो, सातको मृत्यु

kaskiसाउन १४ ।  पोखरा,  कास्कीका विभिन्न ठाउँमा पहिरो जाँदा  सातजनाको मृत्यु भएको खवर प्राप्त भएको छ ।

कास्कीको भदौरै तामागीमा पहिरो जाँदा चारको मृत्यु भएको छ भने लुम्लेमा तीनजनाको मृत्यु भएको हो । दुवै ठाउँमा दुई दर्जनभन्दा स्थानीय घाइते भएका छन् । थुप्रै घर पहिरोले बगाएको छ। केही स्थानीय पहिरोमा पुरिएको आशंका गरिएको छ

भदौरै तामागीमा दुई दर्जनभन्दा बढी घर बगाएको छ। उद्धारको काम भइरहेको र क्षतिको विस्तृत विवरण अझै आइनसकेको का प्रहरीले जानकारी दिएको छ।पहिरोका कारण सडक अवरुद्ध भएको छ।

सम्बन्धित शिर्षकहरु