ग्रानभिलमा किड्स कार्निभल एण्ड बार्बेक्यु पार्टी

सिड्नी, अष्ट्रेलियाको सिड्नी स्थिति ग्रानभिलमा नेपाली समूदायले बालबालिकाहरूलाई लक्षित गरी विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम ग्रानभिल नेप्लिज कम्युनिटी क्लवले आयोजना गरेको हो । ‘जीएनसीसी किड्स कानिर्भल एण्ड बार्बेक्यू पार्टी’ नाम दिएको सो कार्यक्रममा बालबालिकाका अलावा महिलाहरूको लागि प्रतियोगितात्कम कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम आइतबार मेरिल्याण्डको होलर्योड गार्डेनमा आयोजना भएको थियो ।

कार्यक्रममा बालबालिकाहरूलाई ५० मिटर, १०० मिटर र २०० मिटर दौडको आयोजना भएको थियो । दौडमा उत्कृष्ट हुनेहरूलाई मेडलको व्यवस्था गरिएको थियो । त्यस्तै मनोरञ्जनात्मक स्याक, स्वीस र मेमोरि रेसको समेत आयोजना गरिएको थियो ।

३०० जना नेपाली समूदायको सहभागिता रहेको थियो कार्यक्रममा आयसीसी, एनसीसी र एससीसी तथा नारी निकुञ्जमा ग्रानभिलबाट प्रतिनिधित्व गर्ने सम्पूर्णलाई खादा लगायएर सम्मान गरिएको थियो । एनआरएनए अष्ट्रेलियाका निवर्तमान अध्यक्ष महेन्द्र ओलीले उनीहरूलाई खादा लगाएका थिए ।

त्यस्तै कार्यक्रममा संस्थाको विधान संशोधनका लागि प्रस्ताव राखेको संस्थाका गोपी दवाडीले असनेपालन्यूजलाई जानकारी दिए । साथै सोही अवसरमा संस्थाको वेभसाइट www.gncc.org.au समेत लञ्च गरिएको थियो ।

नेपालीहरूको बाक्लो वस्ती रहेको ग्रानभिलमा क्लवले हरेक वर्ष समुदायमा सद्भाव बढाउन दशै कार्यक्रम तथा अन्य विविध जमघटका कार्यक्रम गर्दै आएको जनाएको छ ।

सम्बन्धित शिर्षकहरु