माल्दिभ्सका राष्ट्रपतिलाई बधाई सन्देश

ramabar-yadhav-nepal_20150605024553साउन १० । काठमाडौँ,  राष्ट्रपति डा रामवरण यादवले माल्दिभ्सको स्वतन्त्रता दिवसका अवसरमा त्यहाँका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमलाई आइतबार एक बधाई सन्देश पठाएका छन्।

सन्देशमा उनले राष्ट्रपति गैयुमको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै माल्दिभ्सका जनताको प्रगति र समृद्धिको कामना गरेका छन्

यसैगरी, प्रधानमन्त्री सुशील कोइरालाले माल्दिभ्सका राष्ट्रपति गैयुमलाई स्वतन्त्रता दिवसको उपलक्ष्यमा हार्दिक बधाई ज्ञापन गरेका थिए ।

आफ्नो सन्देशमा प्रधानमन्त्री कोइरालाले माल्दिभ्सका जनताको प्रगतिको कामना पनि गरेका थिए ।  । साथै उनले दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध आउँदा दिन अरु प्रगाढ बन्ने विश्वास पनि व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षकहरु