जनताका सुझावलाई संविधानमा समेट्छौँः उपप्रधानमन्त्री सिंह

prakshmanसाउन ९। काठमाडौँ, उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको प्रारम्भिक मस्यौदामाथि आएको जनताको सुझाव सकेसम्म समेटेर संविधान जारी गरिने बताएका छन् ।

रत्नराज्यलक्षमी उमाविले शनिबार आयोजना गरेको प्रवेशिका उत्तीर्ण विद्यार्थीको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले छोटो समयमा विभिन्न राजनीतिक दलको सहमतिमा आएको मस्यौदा भएकाले केही कमजोरी भए पनि त्यसलाई सुझावका आधारमा परिमार्जन गरिने बताए।

“यो विज्ञहरुले बनाएको मस्यौँदा हैन, सबै दलका विचार र भावना समेटिएको सहमतिको दस्तावेज हो, जनताबाट अत्यन्तै महत्वपूर्ण सुझाव आएका छन्, तिनलाई संविधान संशोनका क्रममा समेटिनेछ,”–उपप्रधानमन्त्री सिंहले भने। सो अवसरमा उपप्रधानमन्त्री सिंहले आफ्ना पहलमा विद्यालय प्राङ्गणमा निर्मित पाँच टहराको साँचो विद्यालयलाई हस्तान्तरण गरे।
विद्यालयका प्राचार्य डा गीता खरेल शिवाकोटीले सामुदायिक विद्यालयमा देशकै सबैभन्दा बढी विद्यार्थी र गुणस्तरीय पठनपाठन रहेको विद्यालयलाई नमुना विद्यालय बनाउन लागिपरेको जानकारी दिए। सो अवसरमा विद्यालयका अवकाशप्राप्त शिक्षक, समाजसेवी तथा प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई पुरस्कार तथा सम्मान दिइएको थियो ।

सम्बन्धित शिर्षकहरु