बन्दले झापाको जनजीवन प्रभावित

terai1साउन ६ । झापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज आह्वान गरेको बन्दका कारण झापाको जनजीवन प्रभावित भएको छ ।

प्रस्ताविक संविधानको मस्यौदामा रायसुझाव सङ्कलन गर्ने क्रममा आफूहरुको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै सो पार्टीले आह्वान गरेको बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको हो । बन्दका कारण लामो तथा छोटो दूरीका सवारीका साधन, उद्योगधन्दा, कलकारखाना तथा विद्यालय सञ्चालनमा आउन सकेका छैनन् ।

बन्दका कारण सवारीसाधन सञ्चालनमा नआउँदा सबैभन्दा बढी यात्रु मर्कामा परेका छन् ।

सम्बन्धित शिर्षकहरु