दुई सय ५० डलर तिरेर लुम्बिनीमा बोधिवृक्ष रोपण

Panel indicating the Lumbini development trust office at Lumbini Nepal, marks the birth place of Siddhartha Gautam Buddha. In 1976, the Nepalese Government and UNESCO designated Lumbini as a world heritage site. -The full text reportage is available on request in Word formatसाउन ५ । रुपन्देही, राष्ट्रियस्तरका नेताले आफ्नो जन्म दिन कसरी मनाउलान ? धेरैको अनुमान हुन्छ भोज भतेर र मान्छे जम्मा गरेर मनाउने गर्दछन् । तर पूर्व शिक्षामन्त्री एवम् एनेकपा माओवादी नेता दीनानाथ शर्माले भने यस पटक आफ्नो जन्मदिन फरक शैलीले मनाएका छन् ।

उनले आफ्नो जन्मदिन शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा बोधिवृक्ष रोपेर मनाउनुभएको छ । पवित्र भूमि लुम्बिनीबाट सकारात्मक मार्गमा हिँड्न सधैँ प्रेरणा मिल्ने भन्दै उहाँले सोमबार एक विशेष कार्यक्रमका साथ बोधिवृक्ष रोपेको थियो।

राजनीतिसँगै पछिल्लो समय लेखन तथा साहित्य क्षेत्रमा समेत बढी रुची राख्दै आएका शर्मा सोमबार ७० वर्षमा प्रवेश गरेको अवसरमा २५० डलेर तिरेर लुम्बिनीमा वृक्षरोपण गरेका थिए ।

नेता शर्माले विगतमा आफू लुम्बिनीमा आउँदा तथा श्रीलङ्का भम्रणका क्रममा बोधिवृक्ष रोप्ने प्रेरणा मिलेको बताए। लुम्बिनी संसारका जनताका लागि ज्ञानको केन्द्र भएको चर्चा गर्दै उनले विचार दर्शन र भावनासँग जोडिएको वुद्ध जन्मभूमिको विकासमा सबै लाग्नुपर्ने खाँचो औँल्याए।

लुम्बिनीको महत्व झनझन बढ्दै गएको चर्चा गर्दै उनले यहाँको महत्वलाई संसारभर फैलाउन सबैलाई आग्रह गरे ।

सोही अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले पनि २५० डलर तिरेर बोधिवृक्ष रोपे ।

सो अवसरमा उनले बोदीवृक्षको महत्व धेरै रहेको उल्लेख गर्दै लुम्बिनी गुरुयोजनाअन्तर्गत बोधिवृक्ष रोप्ने कामलाई निरन्तरता दिइएको बताए ।

यस किसिमका कार्यक्रमबाट लुम्बिनी क्षेत्रको विकास तथा बौद्ध दर्शन तथा ज्ञानलाई जताततै फैलाउन थप टेवा पुग्ने उनले बताए।

सागर भन्तेले बोधिवृक्ष ज्ञानको प्रतीक रहेको चर्चा गर्दै बुद्धको ज्ञानलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

वुद्ध जन्मभूमि लुम्बिनीमा लुम्बिनी गुरुयोजनाअनुरुप विशिष्ट खालका व्यक्तित्वबाट बोधिवृक्ष रोप्नका लागि सःशुल्क व्यवस्था गरिएको छ । सोहीअनुरुप नेता शर्माले आफ्नो ७०औँ जन्मदिन पारेर लुम्बिनीमा बोधिवृक्ष रोप्नुभएको हो ।

सो बोधिवृक्षलाई परिवारका सदस्य तथा उनका शुभचिन्तकले पछिसम्म स्मरण गर्न सक्नेगरी संरक्षण गरिने बताइएको छ ।

सम्बन्धित शिर्षकहरु