इद उल फित्र पर्व देशभर खुसियालीसाथ मनाइयो

idसाउन ३ । काठमाडौँ, मुस्लिम धर्मावलम्बीको पवित्र एकमहिने ‘रमादान’ पर्व रोजा व्रत पूरा भएको खुसियालीमा आइतबार देशभर इद उल फित्र मनाइएको छ ।

कठिन व्रतका रूपमा लिइने यो व्रत हिजो बिहान ३ः३५ बजेदेखि सुरु भई साँझ ७ः०५ बजेसम्म निराहार रहनुपर्ने धार्मिक मान्यता रहेको नेपाली जामे मस्जिदका अध्यक्ष अमर अलि फरिद खानले जानकारी दिए “व्रतका अवसरमा हिजो विभिन्न इस्लामिक धर्मग्रन्थ पाठ गरेर बस्ने हाम्रो धार्मिक मान्यता रही आएको छ”– उनले भने ।

हिजोका दिन नराम्रा काम गर्न नहुने र नराम्रा कुरा सुन्न तथा हेर्नसमेत नहुने कडा नियम रहेको उनले बताए।

‘रोजा’ व्रत हिजो सम्पन्न भएकाले त्यसको खुसियालीमा मुसलमान समुदायले आज इद उल फित्र मनाउन सार्वजनिक बिदा दिएको मस्जिदका सल्लाहकार समिम अन्सारीले जानकारी दिए। रमादान महिनाभर गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने कामना गरिन्छ । यसका लागि अल्लाहले रम दान पर्वको इस्लाम धर्ममा विशेष व्यवस्था गरेको मानिन्छ ।

शुक्रबार राति चन्द्रमा देखिएपछि शनिबार ब्रत गरी बिहान साढे आठ बजे व्रत सम्पन्न गरेपछि आफन्तकहाँ सेवई खान जाने प्रचलन रहेको मस्जिद समितिले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु