प्रि-मनसुनी गतिविधि सुरु उपत्यकासहित पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं । प्रि-मनसुनी गतिविधि सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार प्रि(मनसुनी को सुरुवातसँगै नेपालमा हावाहुरी, चट्याङसहितको वर्षा सुरु हुनेछ ।

त्यसको प्रभावले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगहरुका पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण पानी पर्न सक्ने सोमबार देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ। सोमबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ६ दशमलब ३ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २२ देखि २४ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ।

सम्बन्धित शिर्षकहरु