जडीबुटी लोप हुने अवस्थामा

ayurvedic-herbal-food-products-250x250साउन २ । रौतहट, जिल्लाको वन जङ्गलमा घरेलु औषधिका रुपमा प्रयोग हुने वनस्पति तथा रुख लोप हुने अवस्थामा पुगेको छ ।

बहुमूल्यसमेत मानिने खयरलगायतका जडीबुटीमा प्रयोग हुने काठ आजभोलि देखिन छाडेको स्थानीय भुक्तभोगीको भनाइ छ । बढ्दो वन विनास तथा अव्यवस्थित चरिचरणले गर्दा यहाँको वन जङ्गलमा रहेको त्यस्ता प्रजातिका रुख तथा जडीबुटीका वनस्पति लोप भएका छन् ।

रौतहटको उत्तरी भेगमा पाइने झ्याउ, सर्पगन्ध, खयर, भलायो, कुरिलो, सतिसाल, हर्रोबर्रोलगायतका लोपोन्मुख अवस्थाका वनस्पतिको चोरी निकासी तथा तस्करी हुने गरिएको छ ।

विभिन्न बहुमूल्य काठ विभिन्न सामग्री बनाउन प्रयोगमा आउने भएका कारण पनि यसको तस्करीमा समेत वृद्धि भएको छ ।

नेपाललगायत छिमेकी देशमा समेत बहुमूल्य जातका काठ तथा जडीबुटीको माग रहेका कारण रुख मासिने समस्या देखिएको तिलेश्वर सामुदायिक वन उपभोक्ता समूह गैंडाटारका अध्यक्ष रामपुजन गुरोले बताए।

पहिले सहजैरुपमा यी बहुमूल्य जातका काठ तथा जडीबुटी देखिने गरेकामा अहिले आएर बोट बिरुवासमेत देख्न मुस्किल भएको उनले बताउँछन् ।

जिल्ला वन कार्यालय रौतहटका सहायक वन अधिकृत रामप्रसाद साह वन ऐनले संरक्षण सूचीमा राखेको जडीबुटीजन्य रुख तथा वनस्पतिको संरक्षण र सम्वद्र्धन गर्नु सबैको उत्तिकै दायित्व रहेको बताउँछन् ।

सम्बन्धित शिर्षकहरु