सिड्नी, नेपाली बालबच्चाहरूका लागि शब्दमाला उपयुक्त सिकाई केन्द्र बनेको छ । बालबालिकाको बयक्तिक विकासका लागि शब्दमाला नमुना शिक्षण केन्द्र भएको शब्द माला पाठशाला का संयोजक विक्रमशर्मा अर्यालले बताए ।

सिड्नीको पाँच ठाउँमा सञ्चालमा आएको यस केन्द्रले पुनः भर्ना आह्वान गरेको छ । हाल केन्द्रमा सय जना विद्यार्थीहरू रहेको र उनीहरूलाई नेपाली भाषा, संस्कृतिका बारेमा सिकाइनुका साथै विभिन्न सीप विकासमा जोड दिइने अर्यालले जानकारी दिए । कक्षा आइतबार र शनिबार सञ्चालन हुनेछ । ‘हामीले बालसिकाईका लागि सम्बन्धित विषयमा दक्षता हासिल गरेका शिक्षकहरू राखेका छौं’, उनले भने‘ न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिलाउनु र नेपाली सस्कृति, कला, साहित्यको प्रवद्र्धन गर्नु मूल ध्येय हो।’

विद्यालयमा तीन वर्ष देखि १८ वर्ष सम्मका बालबालिकाहरू भर्ना हुन सक्नेछन् । बालबालिकाबाट सय डलर उठाउने र त्यही शुल्कबाट उठेको रकम शिक्षकहरूलाई दिनेपनि उनले जानकारी दिए ।

‘बालबालिकाहरूको शारीरिक विकास र मानसिक स्फूर्तीका लागि यो उपयुक्त गन्तव्य हो’, उनले भने ‘विशुद्ध पारिवारिक वातावरणमा बालसिकाइ गराउँछौँ ।’ उनले ०४११६२०५८३ नम्बरमा सम्पर्क गरी बिस्तृत बुझ्न सकिने पनि बताएका छन् ।शब्द माला पाठशाला का अर्का सहयोगि असिम लम्साल बताउंछन्’ यो सबै समुदायको साझा स्कुल हो जसले नेपालीइ पनला अस्ट्रेलियामा जीवन्त राख्छ , त्यसैले यहाँं आफ्न वालवालिका लाई सहभागी गराउन हामी अनुरोध गर्छौं ।








