नेता हुन होइन समुदायको सिपाही हुनका लागि जितेको हुँः सचिव नविन पन्त

एनआरएनए, साउथ अष्ट्रेलिया स्टेट सचिव

एनआरएनए दक्षिण अष्ट्रेलियाको सचिव पदमा निर्वाचित भएको छु । मलाई निर्वाचनमा बिजयी गराउनुहुने सवैलाई धन्यवाद दिन चाहन्छु । प्रतिष्पर्धामा उत्रिनुभएको र पछाडि पर्नुभएका साथीहरूलाई पनि निराश नहुन आग्रह गर्दछु । म विगतमा पनि भन्दै आएका कुराहरूलाई नै निरन्तरता दिन्छु । म नेता हुन होइन समुदायको सिपाही हुनका लागि जितेको हुँ । म फेरि दोहोर्याउन चाहन्छु, मैले अंक गणितीय रूपमा मात्र जितेको हो । जति उम्मेदवारहरूले उम्मेदवारी दिनु भएको थियो उहाँहरू सवैले जितिसक्नु भएको छ । कम्युनिटीमा काम गरेर नै उहाँहरूले उम्मेदवारी दर्ता गर्नु भएको हो । त्यसकारण म सम्पूर्ण उम्मेदवारहरूलाई सँगै लिएर जाने बचनबद्धता व्यक्त गर्न चाहन्छु ।

साउथ अष्ट्रेलियामा नेपाली जनसमूदायको बसोबास अत्यन्त कम रहेको छ । तै पनि यो जनसंख्या नेपाललाई चिनाउनका लागि पर्याप्त हुनेछ भन्ने विश्वास लिएको छु । नेपालको पर्यटनलाई चिनाउनका लागि यसले मार्ग प्रशस्त गर्नेछ  । नेपालको पहिचान स्थापीत गर्नका लागि महत्पूर्ण भूमिका खेल्न सक्छ । अन्त्यमा प्रवासी समुदायको बृहत्तर विकास र स्वदेशको हितका लागि एनआरएनए साउथ अष्ट्रेलियाका गतिविधिहरूलाई सघाउने विश्वास लिएको छु ।

सम्बन्धित शिर्षकहरु