साझा प्रकाशनको सञ्चालक समितिको अध्यक्षमा लेखक नियुक्त

Ramesh-Pradeep-And-Dinanathअसार  २५। काठमाडौँ, सरकारले साझा प्रकाशनको सञ्चालक समितिको अध्यक्षमा सभासद रमेश लेखकलाई नियुक्त गरेको छ ।

शिक्षा मन्त्रालयले शुक्रबार कांग्रेस सभासद लेखकलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । सदस्यमा एमाले नेता प्रदिप नेपाल र एमाओवादी प्रवक्ता दिनानाथ शर्मालाई मनोनयन गरिएको छ । नेपाल र शर्मा दुवै पूर्व शिक्षामन्त्री समेत हुन् ।

साझाका महाप्रवन्धक डोन्द्रिप्रसाद शर्मा पनि सञ्चालक समितिको सदस्यमा मनोनित भएका छन् ।

सम्बन्धित शिर्षकहरु