मस्को । रुसी प्रहरी त्यतिबेला आश्चर्यमा पर्यो जतिबेला एक जना मोस्ट वान्टेड चोर फ्रिजमा लुकेर बसेको अवस्थामा फेला पर्यो ।
घटनाअनुसार एडुअर्ड बुल्गाकोभ नामको यो चोरलाई रुसको युकाटेरिबर्गको एउटा अदालतले हाजिर हुन आदेश दिएको थियो । तर, उ हाजिर हुन पुगेन ।
प्रहरी अधिकारीहरु पक्राउ पुर्जी र्लिएर उसको घर पुगे । जहा उनकी आमाले एडुअर्ड घरमा नरहेको बताइन् ।
तर, प्रहरीले एडुअर्डकी आमाको कुरामा विश्वास गरेन । उनीहरुले देखे कि दुई वटा ठुलो पिज्जाको अर्डर गरिएको थियो । जब कि पुनः चोरको घरमा पुगे तब उनीहरुले फ्रिजमा राखिने धेरै सामान बाहिरै राखिएको देखे । प्रहरी अधिकारी यो कुराले पनि आश्चर्यमा परे कि यी महिलाले यति ठुलो पिज्जा कसरी खाइन् ?
त्यसपछि प्रहरीमा शंका झनै बढ्यो । त्यसैले उनीहरुले घरमा खानतलासी सुरु गरे । तैपनि उनीहरुले केही फेला पारेनन् । त्यसपछि प्रहरीले फ्रिज खोल्दै सोधे कि बाँकी रहेको पिज्जाका टुक्रा किन फ्रिजमा नराखेको ? प्रहरीको यस्तो प्रश्नमा एडुअर्डकी आमाले बिजुली बन्द रहेको बताइन् । तर, प्रहरीले फ्रिज खोल्ने बित्तिकै एडुअर्ड आफ्नो अगाडि देख्यो ।
एडुअर्ड चिसोले काँपी रहेका थिए । उनलाई बाहिर निकालेर तातो पानी खुवाइयो । र, फेरि प्रहरीले पक्राउ गरेर लग्यो । एजेन्सी
?








