गुडिरहेको बस पहिरोमा पुरियो

नुवाकोट, २४ असार । नुवाकोटबाट काठमाडौं तर्फ गइरहेको यात्रुबाहक बस माथि ककनीमा पहिरो खसेको छ । गुडिरहेको बस माथि ठूलो ढुंगा खसेको बताइएको छ । त्रिशुलीबाट काठमाडौं जाँदै गरेको बा२ख २८४१ नम्बरको यात्रुबाहक बसमाथि विहीबार दिउँसो ककनी गाउँ विकास समिति वडा नम्बर–१ सिस्नेरीमा माथिबाट खसेको पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पुरिएको बसमा कति जना यात्रु रहेका छन् भन्ने खुल्न सकेको छैन ।

11713373_1018388334847444_1224438607_nनिकै ठूलो ढुंगासहितको पहिरोले बस थिचिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए । घटनाको विस्तृत विवरण आइसकेको छैनथप जानकारीको लागि असनेपाल न्युज लग अन गर्नु होला ।

सम्बन्धित शिर्षकहरु