अनेसास अष्ट्रेलियाले ‘मोती विशेष गजल साँझ’ गर्ने

अष्ट्रेलिया, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास ) अष्ट्रेलियाले मोती जयन्ती (१३ सेप्टेम्बर)का दिन  ‘मोती विशेष गजल साँझ’ आयोजना गर्ने भएको छ । नेपाली साहित्य फाँटका गजलबिधाका पिता मोतीराम भट्टको सम्झनामा अनेसासले सिड्नीमा गजल बाचन कार्यक्रम आयोजना गर्न लागेको हो । अनेसास एन एस् डब्लु का अध्यक्ष महेन्द्र पौडेलले नेपाली साहित्यलाई प्रवासमा समेत प्रवद्र्धन गर्नका लागि अनेसास क्रियाशील रहेको बताउँदै मोती जयन्तीका अवसरमा अष्ट्रेलियाका ख्याती प्राप्त गजलकारहरूको उपस्थितिमा गजलसाँझ आयोजना गर्न लागेको बताएका छन् ।

अष्ट्रेलियामा साहित्यिक माहौल जमिरहेको बताउँदै नवप्रतिभाहरूको विकासका लागि पनि यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने उनको तर्क छ । त्यस्तै संस्थाले लक्ष्मी जयन्तीको अवसर पारेर बृहत् कविता महोत्सव आयोजना गर्न लागेको जानकारी दिए । उनका अनुसार कविता प्रतियोगितामा प्रतियोगी र अप्रतियोगी दुवै थरी कविता समावेश गरिने छ ।

अहिले नेपाली साहित्यको जगेर्ना र विकासका लागि प्रवासमा विभिन्न संघ संस्थाहरूले काम गरिरहेका छन् । त्यसै मध्ये प्रवासी साहित्यको बृहत् सञ्जाल हो अनेसास । अनेसास एन एस् डब्लु का च्याप्टरले विभिन्न सन्दर्भ पारेर साहत्यिक कार्यक्रम, जमघट ,विभिन्न साहित्यकारका जयन्ति , साहित्यिक उत्सव , काव्य भेट र नियमित रुपले ‘घरदैलो काव्य सन्ध्या ‘ आयोजना गर्दै आएको छ । त्यस्तै अनेसासले नजिकिएको भानु जयन्तीको अवसरमा नेपाली कला साहित्य तथा सन्स्कृति   प्रस्तिस्ठान को साथमा हुने वीविध कार्यक्रममा सरिक हुने जानकारी दिएको छ ।

सम्बन्धित शिर्षकहरु