असार २४ । ललितपुर, लागुऔषधअन्तर्गत गाँजा सेवन गर्नेमा अधिकांश विद्यार्थी रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
परिसरले सञ्चालन गरेको स्विप अपरेसनअन्तर्गत खटिएका प्रहरीले बुधबार जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएका व्यक्तिबाट त्यसको खुलासा भएको परिसरका प्रवक्ता एवम् नायब प्रहरी उपरीक्षक किसनसिंह थापाले जानकारी दिए।
बुधबार नियन्त्रणमा लिएका ५२ जनामध्ये धेरैजसो १७ देखि २० वर्षसम्मका रहेका छन् । नियन्त्रणमा लिएकामध्ये अधिकांशलाई अभिभावकको जिम्मा लगाइसकेको उनले बताए ।








