निर्वाचन सौहार्दपूर्वक सम्पन्न भयो । एनसीसी सदस्य पदको उम्मेदवार बनेता पनि मेरा निम्ति परिणाम सुखद् हुन सकेन । तथापी सिड्नीको चीसो मौसम अनी आफ्नो कार्य व्यस्तताका बाबजुत पनी लामो लाइनमा बसेर मलाई आफ्नो बहुमुल्य मत दिएर सहयोग गर्नुहुने सम्पूर्ण महानुभाव धन्यवादका पात्र हुनुहुन्छ । मलाई साथ अनी प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण मान्यजन, साथीभाइ र सहयोगी हातहरूलाई म विर्सन सक्दिन । चुनावको क्रममा मसँग नजिकिनुभएका मेरा नयाँ साथीहरूलाई मेरो ब्यक्तिगत सञ्जालमा स्वागत गर्न पनि चाहन्छु । यो साथले मलाई अझ अघि बढेर समुदायको हितको लागि अग्रसर हुने प्रेरणा जगाएको छ ।
अन्त्यमा, विजय प्राप्त गर्नुनुने सम्पूर्णलाई म बधाई दिन चाहन्छु । पराजय व्यहोर्नेहरूलाई पनि समाजसेवी भावनालाई अझै मजवुत बनाएर लैजान आग्रह पनि गर्दछु । मेरो विचारमा पराजयमा पनि जित को अनुभव दिलाउन सक्नेलाई नै सामाजिक नायक भनिन्छ ।








