मधेसी दलहरुले संविधानसभा बैठक बहिष्कार गरे

असार २० ।काठमाडौ,मस्यौदा माथिको छलफल आफूहरुका लागि औचित्यहिन रहेको भन्दै संघीय समाजवादी फोरम नेपालसहितका चार मधेसवादी दलहरुले संविधान सभा बैठक बहिष्कार गरेका छन् ।

आइतबार बसेको संविधानसभा बैठकको सुरुमै विशेष समय लिएर बोल्दै तराई मधेश लोकतान्त्रिक पार्टीका सभासद् सर्वेन्द्रनाथ शुक्लाले मस्यौदा माथिको छलफल आफूहरुका लागि अर्थहीन भएको बताउँदै बैठक बहिष्कार गर्ने घोषणा गरेका थिए । त्यसलगत्तै उनीहरु बैठकबाट बाहिरिएका थिए ।बैठकमा सभासद अमरेशकुमार सिंहले संविधानको मस्यौदामाथिको छलफलमा भाग लिदै मस्यौदाको विरोध गर्नु भएको थियो । उहाले मस्यौदाले अहिलेसम्मका आन्दोलनका उपलब्धीहरु गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता र नागरिकताको विषयमा कुठाराघात गरेको दावी गर्दै गणतन्त्र भनेको केही व्यक्तिको नभई विधीको शासन भएकाले सर्वोच्चको आदेश नमान्ने हो भने संविधानसभाले बनाएको संविधान पनि मान्य हुन नसक्ने चेतावनी दिनु भयो । उहाले संघीयता मधेस आन्दोलनको माग र जनताको आकाक्षा भएको तर, मस्यौदाले त्यसलाई सम्बोधन नगरेकोले सम्भावित द्धन्द हुन सक्ने भन्दै यसको विरोध गर्नु भयो । उहाले मस्यौदामा संघीयताको कुरा आएकोले संघीयता विरोधी भन्नुको तुक नभएको भन्दै प्रस्तावित ८ प्रदेश भन्दा यसलाई ६ वटा प्रदेश मात्र बनाउनु पर्ने बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु