लिपुलेक सम्झौतालाई गम्भीरतापूर्वक लिएको छु : प्रधानमन्त्री

hasta-shahiअसार १६ । काठमाडौँ, प्रधानमन्त्री सुशील कोइरालाले लिपुलेक सम्झौतालाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।

युवा सङ्घ नेपालका उपाध्यक्ष तथा राजनीतिक साङ्गठनिक तथा वैचारिक रुपान्तरण अभियानकी संयोजक दिलु पन्त सहितको नेतृत्वमा प्रधानन्त्री कोइरालालाई लिपुलेक सम्झौताका विषयमा ध्यानाकर्षणपत्र बुझाउन आज गएको टोलीसँग उनले आजै त्यसबारेमा आफूले परराष्ट्रमन्त्री र कूटनीतिक नियोगसँग कुरा गर्ने बताए ।

प्रधानमन्त्री कोइरालाले भने “राष्ट्रियतामाथि भएको अन्यायलाई युवाले आवाज उठाउनु राम्रो कुरा हो, यो सम्झौतालाई मैले पनि गम्भीर रुपमा लिएको छु ।”

भारत र चीनबीच भएको लिपुलेक सम्झौतालाई लिएर सङ्घका उपाध्यक्ष तथा राजनीतिक, साङ्गठनिक तथा वैचारिक रुपान्तरण अभियानका संयोजक पन्तले लिपुलेक सम्झौता सच्याउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने, यदि सम्झौता नसच्याए कडारुपमा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

सङ्घले प्रधानमन्त्री कोइरालालाई बुझाएको ध्यानाकर्षणपत्रमा भारत र चीन बीचमा २०१५ मे १५ तारिखका दिन लिपुलेक व्यापारिक सम्झौताले नेपालको भौगोलिक अखण्डतामाथि धावा बोलेको निष्कर्षसहित सो सम्झौता आफूहरुलाई मान्य नहुने उल्लेख गरेको छ ।

सम्बन्धित शिर्षकहरु