१० वर्षपछि मुकेशको घरमा दीपावली

mukesh-kayasthaअसोज ४ । काठमाडौँ, २०६२/६३ सालको अनआन्दोलनमा छोरा मुकेश कायस्थ घाइते बनेपछि उनका बाबुआमाले त्यसयता काभ्रे बनेपास्थित घरमा कुनैपनि वर्ष दीपावली गर्न आवश्यक ठानेनन् । दशैं, तिहार लगायतका चाडपर्व होस् वा कुनै राष्ट्रि पर्व, उनको घर सधैँ अन्धकार हुन्थ्यो । छिमेकका घरमा दीपावली भइरहँदा मुकेशको परिवारलाई यसप्रति कुनै चासो हुँदैनथ्यो ।

कारण थियो, दीपावलीप्रति मुकेशको औधि मोहा । हरेक तिहारमा उनी धुमधामसँग दीपवाली गर्थे । दीपावलीप्रति मुकेशको औधि मोह बुझेका उनका बाबुआमाले छोरा र देशको अवस्था सम्झेर त्यसयतादेखि कुनै पनि वर्ष दीपवाली गरेनन् ।

जिउँदो सहिदका रूपमा चिनिने मुकेश अहिले पनि अर्धचेत अवस्थामा छन् । उनी अर्धचेत अवस्थामा भएपनि मुलुकले संविधानसभाबाट नयाँ संविधान पाएको खुसीयालीमा उनको घरमा १० वर्षपछि दीपावली भएको हो । दीपावली गर्न पाउँदा कायस्थ परिवार अत्यन्तै खुसी देखिन्थ्यो । समाचार आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु