काठमाडौँ, आशिष श्रेष्ठले बजार ल्याएको म्युजिक भिडियो ‘अभिमान के गर्नु र जानु पर्छ एक दिन’ ले नेपाली संगित आकाशमा नयाँ आयाम थपेको छ । भूकम्पको पीडालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको उक्त गीतले संगित पारखीहरूलाई भावविह्वल बनाउँछ । बालकृष्ण सञ्जीवको शव्द संगित रहेको यस गीतलाई सुन्दर लामाले एरेन्ज गरेका हुन् । उक्त गीतको म्यूजिक भिडियोमा कलाकार निराजन थापाले सशक्त अभिनय गरेका छन् ।
म्यूजिक भिडियोलाई सन्जीत श्रेष्ठ र सुमन सिवाकोटीले छायांकन गरेका हुन् । उक्त म्यूजिक भिडियोको निर्देशन नीकेश खड्काले गरेका हुन् । उक्त गीत अडियो साइन डिजिटलले तयार पारेको हो ।
हेरौँ भिडियोः







