असार १५ । सिन्धुपाल्चोक, जिल्लाको हगाम गाविस याङ्लाकोटमा भीषण पहिरो गएको छ ।
मंगलबार बिहान ३ बजे गएको पहिरोले यो गाविसका ५ र ७ नम्बर वडाका ५ वटा अस्थायी घर बगाएको हाम्रा सम्वाददाताले जनाएका छन् ।
पहिरो गएपछि भएको भागदौडमा ६ जना घाइते भएका छन् । अन्य मानविय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ ।
भारी बर्षासँगै बस्ती भन्दा तीन सय मिटर माथिबाट आएको पहिरोमा परी केही पशु चौपायासमेत मरेका छन् ।
पाँचसय भन्दा बढी घरधुरी रहेको ५ र ७ नम्बर वडामा भूकम्पका कारण सबै घर भत्किएकाले स्थानीयहरु सुरक्षित स्थानमा रहेकाले मानविय क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
यसैबीच बिहान ३ बजेर ३१ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ म्याग्निच्युटको भूकम्पको पराकम्पन गएको छ ।
पराकम्पनको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।








