काठमाडौं,भूकम्पपछि देशलाई विपत्त्ति परेको कारण फिल्मी मनोरन्जनत्मक कार्यक्रमहरु न्युन अवस्थामा भइरहेका बेला अभिनेत्री बिनिता बराल भने रोपाईमा व्यस्त रहनु भएको छ ।
असारे झरी सुरु भइरहेका बेला बराल राजधानी वरपर रोपाँई गर्न व्यस्त रहनुभएको छ । मखमली चोली र बुट्टे फरियामा सजिएर उहा यतिबेला हिलोमा धान रोप्न लाग्नु भएको छ । असार ११ गतेदेखि उहा भक्तपुरको गुन्डुमा भएको रोपाइँमा सहभागि हुनु भयो । त्यस्तै असार १३ गते टोखास्थित आफ्नै १० रोपनी जग्गामा भएको रोपाइँ कार्यक्रममा पनि खुब रमाइलोका साथ उहाले धान रोप्ने काम गर्नु भयो । विनिताको रोपाइँमा सहयोग गर्न सहयोगी पनि गइरहेका छन्।’सहकर्मीहरुले धान नरोपेर धेरै हिलोमात्र खेल्ने भनेर गाली धेरै खाइरहेको छु’,उहाले भन्नु भयो ।बिनिता आँफैले रचना गरेको ‘जुइनो’ नामक पुस्तक डेढ महिनापछि रिजिल पुस्तक रिलिजपछिमात्र फिल्ममा काम गर्ने उहाले बताउनु भयो ।







