एनआरएन अष्ट्रेलियाको थप विकासका लागि मेरो उम्मेदवारीः उपाध्यक्षका प्रत्यासी रामजाली

आगामी चार जुलाईका दिन हुन लागेको अष्ट्रेलिया एनआरएनको निर्वाचनका लागि हरी रामजालीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। एनआरएनको संस्थागत विकास र समूदायको सहभागिता बढाउने सटिक योजनाका साथ अघि बढेका रामजालीका अतिरिक्त योजना यस्ता  छन्ः

गैर-आवासीय नेपाली संघ अष्ट्रेलियामा मेरो संलग्नताः
एनआरएन अष्ट्रेलियामा म सन् २००६ देखि नै प्रत्यक्ष  जोडिँदै आएको छु । संलग्न रहँदै आएको छु । २००६ मा नेपाल फेसिटवल हुँदा देखि नै एनआरएनमा मेरो क्रियाशीलता रहँदा आएको हो । त्यसबेला देखिनै अविछिन्न रूपमा म एनआरएन मार्फत नेपाली समूदायको हकहित प्रतिष्ठाका लागि लागिपर्दै आएको छु । त्यसक्रममा स्टलहरूमा भोलेन्टिएर काम देखि लिएर अन्य काममापनि उत्तिकै सक्रिय रहेँ । जव म सन् २०१३ मा कार्यसमितिमा चुनिएँ । त्यसपछि झन् जिम्मेवार ढंगबाट एनआरएनका गतिविधिहरूलाई अगाडि बढाउँदै आएको छु । मेरो क्रियाशीलता र इमान्दारितालाई यहाँका नेपाली समूदायले विष्लेषण गरिनै रहनु भएको छ ।

यसकारण मेरो उम्मेदवारीः
एनआरएन अष्ट्रेलियामा दुई वर्षमा मैले चाहेको र गर्न खोजेको सवै काम पुरा गर्न सकिनँ । किनकी त्यो समय निकै छोटो हो । दुई वर्षमा चाहेर पनि धेरै गर्न नसकिँदो रहेछ । मौजुदा विधानले धेरै नेपाली समूदायका मानिसहरूलाई एनआरएन बन्नबाट रोकेको  छ । पीआर पाएकाहरू मात्र एनआरएन बन्न पाउने व्यवस्थाले ठूलो समूदायलाई हामीले संस्था भन्दा बाहिर राखेका छौँ । अतः हामी त्यसलाई परिमार्जन गर्न चाहन्छौँ र संघ प्रवेशलाई खुकुलो तुल्याउन चाहन्छौँ । अर्को नेपाली समूदायले खोल्नुभएको विभिन्न सामाजिक संघसंस्थाहरूलाई प्रवद्र्धन गर्ने र त्यसको विकास गर्नु पर्ने जरूरी छ । त्यसको अगुवाई पनि एनआरएनले नै गर्नु पर्दछ भन्ने मेरो मान्यता हो ।

पीआर बाहेक अन्यलाई एनआरएन नबनाउने भन्ने कुराले धेरै मानिसहरू बाहिर रहेका छन् । उनीहरूलाई कसरी समेट्ने भन्ने मेरो अवको मूल लक्ष्य हुनेछ ।

सम्बन्धित शिर्षकहरु