खोलाले बगाउदा बालिकाको मृत्यु

असार १२ । मकवानपुर,मकवानपुरको स्थानीय डाङडुङे खोलाले बगाएर एक बालिकाको ज्यान गएको छ । वर्षासँगै खोलामा आएको बाढीले बगाउदा हेटौडा २८ मिलन टोल बस्ने ११ वर्षकी सुष्मा थोकरको ज्यान गएको प्रहरीले जनाएको छ ।
जगंलमा च्याउ टिपेर घर फर्कदै गरेकी थोकरलाई शुक्रबार स्थानीय डाङडुङे खोलाले बगाएको थियो । स्थानीयले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु