असार १० । कपिलवस्तु, कपिलवस्तुको बाणगंगा नगरपालिका-१ उप्टाहाका एक युवक मृत अवस्थामा भेटिएका छन ।
२७ वर्षका राजु पाठकलाई बिहीबार बिहान स्थानीयबासीले मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
बुधबार बेलुका खाना खाई घरबाट बाहिर निस्के पछि नफर्केका उनी मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।








