प्रचण्डको पार्टीमा यौनसम्बन्धको किचलो

maoist-officeअसार ९ । काठमाडौँ, एकातिर भीरबाट लडेर हातखुट्टा भाँचिएकी ७८ बर्षीया आमाको भरे हो कि भोलिको अवस्था, अर्कातिर सारा जीवन समर्पण गरेको पार्टीबाट कार्वाहीको निर्णय–एमाओवादीका नेता हेमन्तप्रकाश ओली बडो तनाबमा छन् । तैपनि, आफूलाई खेदो खन्नेहरुको पर्दाफस गर्ने र पार्टीभित्रका नवधनाढ्य तथा यौनाशक्तलाई जनतामाझ नंग्याउने अठोट कायमै छ ।

७ बर्षदेखि प्रेम सम्बन्धमा रहेकी अम्बिका चन्द गर्भवती भएपछि उनीमाथि पार्टीले कारबाहीको निर्णय ग¥यो । हेमन्तका अनुसार त्यसैबेलादेखि पारिवारिक रुपमा र पार्टी नेतृत्वसमक्ष समेत कुरा गरेका थिए । विषयको बिट मारिएको थियो ।

तर , जब बैशाख २ गते प्रचण्डको पार्टीलाइनलाई खण्डन गर्दै आफ्नो मत हेडक्वार्टरसमक्ष लिखितरुपमै राखे त्यही दिनदेखि उनी पराइ भएको समाचार आजको जनआस्था साप्ताहिकले छापेको छ ।

सम्बन्धित शिर्षकहरु