नेपाल फर्किएसँगै नायक सरोज खनालको अभिनय सुरु

१७ बर्षको अमेरिका बसाईपछि नेपाल फर्किनु भएका चर्चित नायक सरोज खनालले नेपाल फर्किएसँगै अभिनयलाई निरन्तरता दिनु भएको छ । सोमबार एउटा क्यानसर सम्बन्धि जनचेतना मुलक गीतको म्युजिक भिडियोमा अभिनय गर्नु भएको छ । खनालले विभिन्न टिक्का टिप्पणी आएपछि आफू नेपालमा बुढेसकाल बिताउन आएको नभएर केही गर्न आएको प्रतिकृया दिनु भएको छ । नेपाल क्यान्सर अस्पताल र ज्ञानु दाहाल ट्रष्टको संयुक्त रुपमा निर्माणमा भइरहेको ‘जन्मेपछि मर्नैपर्ने शाश्वत नियम हो’ बोलको गीतबाट उहाले अभिनयको यात्रा पुनः थालनी गर्नु भएको छ । पर्दामा उहालाई बरिष्ठ कलाकार मिथिला शर्माले साथ दिनु भएको छ ।

शर्माले सो गीतको म्युजिक भिडियोमा क्यान्सर रोगीको भुमिका निर्वाह गर्नु भएको छ । चलचित्र ‘दिदी’मा दिदीको भुमिका मिथिला शर्माको छ भने भाईको भुमिकामा सरोज खनाल रहनु भएको छ । त्यसपछि पर्दामा सँगै नदेखिएका सरोज र मिथिला २२ बर्षको लामो अन्तराल पछि सँगै पर्दामा देखिन लागेका हुन । २२ बर्ष अघि अभिनय गरेको चलचित्र दिदीमा दिदीभाईका बिचमा लामो समय भेट नभएको दृष्य छायाँकन भएको थियो । अभिनयकै क्रममा भेटिएका सरोज र मिथिलाले माईती चेलीकै न्यास्रो मेटेका छन । क्यान्सर सम्बन्धित सो गीतको सरोज वलीले निर्माण तथा निर्देशन गर्नु भएको छ ।शब्द दिनेश थपलियाको हो भने छायांकनको जिम्मा गोकुल अधिकारीले लिनु भएको छ । वसन्त सापकोटाको संगीत रहेको उक्त गीतमा राजेशपायल राई र स्मीता दाहालको स्वर रहेको छ ।

सम्बन्धित शिर्षकहरु