म्याराडोना फिफा अध्यक्षमा उठ्ने

maradonaअसार ८ ।  कठमाडौं, महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)मा सेप ब्लाटरको स्थान पुर्तिका लागि आध्यक्ष हुने निर्णय गरेका छन् । उनले यस्तो निर्णय उरुग्वेका लेखक तथा पत्रकार भिक्टर ह्युगो मारोसललाई बताएका हुन् ।

अर्जेन्टिनी राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक म्याराडोनासँगको वार्तापछि मोरालेसले ट्वीटरमा लेखेका छन्,‘ म्याराडोनाले आफू फिफाको अध्यक्षमा उठ्ने र यसबारे आधिकारिक सूचना दिन मलाई भनेका थिए । ’ भेनेजुएलाका अध्यक्ष निकोलस माडुरोले यसअघि नै म्याराडोना फिफा अध्यक्ष हुन सक्ने सुझाव दिएका थिए ।

५४ बर्षीय म्याराडोनाले लामो समयदेखि ब्लाटरको आलोचना गर्दै आएका छन् । भ्रष्टाचारका कारण चर्चामा रहेपछि ब्लाटरले पाँचौपल्ट अध्यक्ष भय लगत्तै पदबाट राजीनामा दिने घोषणा गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

सम्बन्धित शिर्षकहरु