सिन्धुपाल्चोकमा मात्रै ३४ हजार मानिस जोखिममा

sindhupalchok_0असार ७ । काठमाडौँ, भूकम्पको विपत्तिले सिन्धुपाल्चोकमा ३४ हजारजनालाई जोखिममा पारेको छ। भूकम्पले चर्काएको जमिनमा पहिरो जाने खतराले ६८ गाविस र दुई नगरपालिकामध्ये ५८ गाविसका बस्ती जोखिममा परेका हुन्।

भूकम्प प्रभावित संसदीय क्षेत्रमा राहत पुनस्र्थापनामा सघाउन, अनुगमन गर्न र सरकारलाई सुझाव दिन तयार गरिएको प्रतिवेदनमा आठ हजार ६५ घरधुरीका ३४ हजार दुई सय ६५ जना जोखिममा रहेको उल्लेख छ।

गाविसस्तरीय सर्वदलीय संयन्त्र, गाउँमा खटिएका सुरक्षाकर्मी, गाविससचिव, सभासद्सहित विज्ञको टोलीको स्थलगत भ्रमण र स्थानीय बासिन्दाको रायसुझावका आधारमा जोखिममा रहेका बस्ती पहिचान गरिएको हो।

सभासद् अग्नि सापकोटा, मोहनबहादुर बस्नेत, शेरबहादुर तामाङ, अमृतकुमार बोहोरा, ल्हाक्र्याल लामा, रमेशकुमार लामा, प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी, स्थानीय विकास अधिकारी महेश बरालसहित विज्ञ र अन्य सरोकारवालाले जोखिममा रहेका बस्ती पहिचान गरी प्रतिवेदन तयार पारेका हुन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु