काठमाडौँ,मन्त्रिपरिषद् बैठकले प्राधिकरण गठनको अध्यादेश राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले विनाशकारी भूकम्पपछिको पुनर्निर्माण प्राधिकरण गठनका लागि तयार भएको राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता डा मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
यसअधि कांग्रेस, एमाले, एमाओवारी र फोरम लोकतान्त्रिकको बैकठले अध्यादेश जारी गर्ने सहमति गरेको थियो । दाता सम्मेलनलाई ध्यानमा राख्दै अध्यायादेश मार्फत पुनः निर्माण प्राधिकरण गठन गर्न दलहरु सहमत भएका हुन् । एकीकृत नेकपा माओवादीले भने संसदबाट प्राधिकरण गठन गर्नुपर्ने भन्दै अध्यादेशमा असहमति जनाएको थियो ।








