तोराखेतको पहिरोले बगरफाँटका बासिन्दा त्रसित

असार ४ ।म्याग्दी,वर्षा सुरु भएसँगै गाउँमाथिको भीरबाट पहिरो खस्न थालेपछी म्याग्दीको बेनीका बासिन्दाहरुले त्रासमा रात बिताएका छन ।

म्याग्दीको भकिम्ली गाविस–९ तोराखेतको डिलबाट वर्षासँगै पहिरो खस्न थालेपछि भीरको पुछारमा रहेका बेनी नगरपालिका–४ बगरफाँटका बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका हुन् ।विसं २०६६ देखि खस्न सुरु गरेको तोराखेतको पहिरो प्रत्येक वर्षायाममा पहिरो जाने गर्दछ । पहिरोकै कारण तोराखेतका १९ घर परिवार घर छोडेर अन्यत्र बस्न थालेका छन् ।
पहिरो फुट्यो भने १९० घरधुरी रहेको बगरफाँट गाउँका साथै बेनीबजारको मङ्गलाघाट क्षेत्रलाई समेत खतरा हुने जिल्ला भू संरक्षण कार्यालय म्याग्दीका भूसंरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु