असार ४ । काठमाडौँ, नेपाल उद्योगा वाणिज्य महासंघको रिक्त अध्यक्ष पदका लागि निर्वाचन मिति नजिकिँदै जाँदा आन्तरिक धु्रविकरण बढ्दै गएको छ ।
तत्कालिन अध्यक्ष प्रदीपंग पाण्डेको बाँकी कार्यकालका लागि
छनोट हुने अध्यक्षमा ३ समूहले दाबी प्रस्तुत गरिरहेका छन् ।
पशुपति मुुरारका, भाष्करराज राज कर्णिकार र भवानी राणाले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
पूर्व अध्यक्षहरुको समूहले पशुपति मुरारकालाई बाँकी कार्यकाललागि अध्यक्ष बनाउनुपर्ने बताउका छन् । चण्डीराज ढकाल र सुरज बैद्य भने निर्वाचनको पक्षमा छन् ।








