चर्चमा गोली प्रहार, नौको मृत्यु

असार ३  । वासिङ्टन,अमेरिकाको दक्षणी क्यारोलिना राज्यको चर्लेस्टोन इलाकामा अवस्थित एक चर्चमा गोरा बन्दुकधारीले गरेको गोली प्रहारमा परी नौ जना व्यक्तिको मृत्यु भएको छ ।

अधिकारीहरुले सो समाचारको पुष्टि गरेका छन् । काला समुदायको अफ्रिकन अमेरिकन चर्चमा बुधबार राति सो घटना भएको बताइएको छ ।

सो गोली प्रहारबाट आठ व्यक्तिको घटनास्थलमै र अन्य एकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ । सो गोली प्रहार २१ वर्षीय एक गोरा व्यक्तिले गरेको पनि समाचारमा जनाइएको छ ।

चर्लेस्टोनका मेयर जोए रिलेए चर्चमा व्यक्तिहरु प्रार्थना गरिरहेको अवस्था उक्त गोली प्रहार भएको बताउनुभएको छ ।

काला धार्मिक समुदायबीचममा उक्त चर्च एक ठूलो चर्चका रुपमा रहेको यो थियो । चर्च १८९१ मा बनेको एक वेबसाइटले बताएको छ ।

सम्बन्धित शिर्षकहरु