परीक्षा दिन छुटेका कक्षा ११ र १२ का विद्यार्थीलाई निवदेन दिन आग्रह

असार २ ।काठमाडौ,उच्च माध्यमिक शिक्षा परिषद्ले प्रथम चरणको परीक्षामा सहभागी हुन नसकेका कक्षा ११ र १२ का विद्यार्थीलाई निवेदन दिन आग्रह गरेको छ ।भूकम्पबाट अति प्रभावित १४ जिल्लामा अध्ययनरत् परीक्षार्थीहरुलाई यही असार ७ गतेभित्र निवेदन दिन परिषद्ले आग्रह गरेको हो ।परिषद्ले निवेदनका साथमा आवश्यक प्रमाणसहित आफू अध्ययनरत विद्यालयको सिफारिस र आफ्नो प्रवेशपत्रको प्रतिलिपी दिन पनि विद्यार्थीलाई सूचित गरेको छ ।

उच्च माध्यमिक शिक्षा परिषद्को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर वा उच्च माध्यामिक शिक्षा परिषद्को काठमाडौ कार्यालय भीमसेनगोलामा मात्रै निवेदन दिन सकिने परिषद्ले स्पष्ट पारेको छ ।
परिषद्ले गोरखा, धादिङ नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौ, भक्तपुर, ललितपुर, सिन्धुली, ओखलढुङ्गा र मकवानपुर गरी १४ जिल्लामा १४ असारदेखि कक्षा १२ को र असार २४ गतेदेखि कक्षा ११ को दोस्रो चरणको परीक्षा सञ्चालन गर्न लागेको हो ।
पहिलो चरणको परीक्षामा सहभागी भएका परिक्षार्थी दोस्रो चरणको परीक्षामा सहभागी हुन नपाउने परिषद्ले स्पष्ट पारेको छ । पहिलो चरणको परीक्षामा सहभागी भएको परीक्षार्थी दोस्रो चरणको परीक्षामा पनि सहभागी भएको पाइएमा दुवै परीक्षा रद्द गरिने परिषद्ले निर्णय गरेको छ ।

सम्बन्धित शिर्षकहरु