असार ५ र १९ गते मोडल हन्ट नेपाल २०१५ को अडिसन हुने

गत बैशाख १२ गते गएको शक्तिशाली भुकम्पले स्थगित सौन्दर्य प्रतियोगीता ‘मोडल हन्ट नेपाल २०१५’ को अडिसन आगामी असार ५ र १९ गते राजधानिमा आयोजना गरिने भएको छ ।
नेट मोडलस् नेपालले मोडलिङ पेसालाई थप ब्यवसायिक, एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नया आयम थप्ने उदेश्यले नेपालमै पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगीताको पहिलो अडिसन आगामी ५ र १९ गते राजधानिमा आयोजना गरिने बुधबार एक बिज्ञप्तिी जारी गर्दै आयोजक नेक्ष्ट मोडलस्ले जानकारी गराएको छ ।

इन्डिया, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित सौदर्य प्रतियोगीता ‘मोडल हन्ट’ यस पटक नेपालमा पनि आयोजना गरिन लागीएको हो । नेपाली मुलका युवा युवतीहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तराष्ट्रिय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगीता आयोजना गर्न लागिएको आयोजक संस्था नेक्ष्ट मोडलस् नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिनु भयो । प्रतियोगिताको जानकारी नेक्ष्ट मोडलस् नेपालको केन्द्रिय कार्यालय अनामनगरमा पाउन सकिनेछ ।
प्रतियोगीताको अन्तिम स्पर्धा साउन २३ गते राजधानिमा हुनेछ ।

सम्बन्धित शिर्षकहरु